newskoseli.Com

‘रातको अपराध’ घटाउन ८ हजार बत्ती र सीसीटीभी जडान गरिँदै

रातको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजार बत्ती जडान गरिने भएको छ ।

वैशाख १ देखि कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा बत्ती जडान गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

‘सबै वडाबाट १६ हजार बत्ती जडान गर्नका लागि माग आएको छ,’ उनले भने– ‘माग अनुसार बत्ती जडान गर्ने हो भने १० देखि १५ करोड रूपैयाँ खर्च हुने अनुमान छ ।’ रातको समयमा हुने सडक दुर्घटना, चोरी न्यूनीकरण र यात्रुको आवत–जावतमा सहजताका लागि बत्ती राख्न लागिएको जानकारी प्रवक्ता डङ्गोलले दिए ।

यसै आर्थिक वर्षभरिमा सक्ने लक्ष्यका साथ काम अघि बढाइने कामपाले जनाएको छ ।

सीसीटीभी जडानको पनि तयारी

महानगरीय प्रहरी परिसर काठमाडौंले महानगरपालिकाको सहयोगमा सीसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । त्यसका लागि कामपाले परिसरलाई ३ करोड रूपैयाँ उपलब्ध गराएको छ ।

महानगरपालिकाभित्र शान्ति–सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण र प्रदूषण न्यूनीकरणमा सहयोग पुर्‍याउनका लागि कामपाले प्रहरीलार्इ उक्त सहयोग गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर