newskoseli.Com

सीके राउतले फेरे पार्टीको नाम, होलीलगत्तै आयोगमा दर्ता गराउने

‘स्वतन्त्र मधेस गठबन्धन’ को नामबाट नेपाललाई टुक्राएर तराई–मधेसलाई ‘अलग्गै राष्ट्र बनाउने’ हर्कत गर्दै आएका सीके राउतले उक्त समूहको नाम बदलेर ‘जनमत पार्टी’ नाम राखेका छन् ।

होली पर्वलगत्तै निर्वाचन आयोगमा सोही नाममा पार्टी दर्ता गराउने निर्णय समेत उक्त समूहको हालै बसेको राष्ट्रिय परिषदको बैठकले गरेको छ । शनिबारदेखि सोमबारसम्म चलेको सो समूहको बैठकले राउतको अध्यक्षतामा ३५ सदस्सीय केन्द्रीय समिति गठन गरेको बताइएको छ ।

राष्ट्रद्रोहको मुद्धासहित केही समयदेखि बन्दी रहेका राउत नाटकीय ढंगबाट सर्वोच्चको आदेशमा रिहा भएको भोलिपल्टै सरकारसँग ‘नेपालको संविधान मानेर पृथकतावादी गतिविधि त्याग्ने’ सम्झौता गरी मधेश झरेका थिए । उता पुगेर फेरि कथित स्वतन्त्र मधेशकै नारा लगाएको सो समूहले ‘सरकारलाई धोका दिएको’ चर्चा समेत चलिरहेका बेला भएको यसखाले निर्णयलाई चासोका साथ हेरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर