newskoseli.Com

‘अस्पताल लैजाऊ, म बाँच्न चाहन्छु’ : बिरामीको व्यथामाथि गरिबीको कथा

कैलालीको बर्दगोरीया गाउँपालिका– २, कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि उनी घरमै थला परेकी छन् ।

‘मलाई अस्पताल लैजाऊ, म बाँच्न चाहन्छु’– उनी पीडा सुनाइरहन्छिन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करिव १० लाख रूपैयाँ खर्च लाग्छ । बमको आर्थिक अवस्था कमजोर छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको पीडा बमकी आमा शारदाले सुनाइन् ।

‘छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो, खेतबारी पनि बेचें अब यही सानो घर छ, यो पनि बेचेर त कहाँ गएर बस्ने !’ उनले भनिन् । उपचारका लागि बम काठमाडौं, चितवन र भारतको लखनउसम्म धाइन् । ‘छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो’– उनले भनिन् ।

मीनाका मामा टेकबहादुर शाहका अनुसार शारदाका श्रीमानले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर