newskoseli.Com

निर्मला पन्त प्रकरण : अदालत हाजिर भए तत्कालीन एसपी डिल्लीराज विष्ट

बहुचर्चित निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोष मानिसहरुलाई पक्राउ गरेर शारीरिक तथा मानसिक यातना दिएको आरोप लागेर जागिरै गुमाएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट सोमबार अदालतमा हाजिर भएका छन् ।

निवेदनसहित जिल्ला अदालत कञ्चनपुुरमा हाजिर भएका विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाइ खड्कसिहं विष्टले मुद्दा दायर गरेका थिए । अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू प्रमाणसहित अदालत हाजिर भएको प्रतिक्रिया विष्टले दिएका छन् । पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीसहित ६ प्रहरीलाई यसअघि फाुगन ३० मा यसै अदालतले धरौटीमा छाडेको थियो ।

अदालतले डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकामा ५ लाख र यातना दिएकोमा ४ लाख धरौटी रकम माग गरेको थियो । प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामीसँग ३ लाख ५० हजार, सई रामसिंह धामीसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको थियो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार उक्त आदेश गरेको हो ।

निर्मलाको बलात्कार तथा हत्या प्रकरणका प्रमाण नष्ट गरेको र निर्दोष मानिसहरुलाई पक्राउ गरेर शारीरिक तथा मानसिक यातना दिएको आरोपमा तत्कालीन एसपी विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई सरकारले प्रहरी सेवाबाटै बर्खास्त गरिसकेको छ भने अरू ६ जना निलम्बित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर