newskoseli.Com

‘प्रहरीमाथि गोली हान्ने विप्लवका दुई कार्यकर्ता समातिए’ : प्रहरी

राजधानी नजिकै अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका– २, खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’ मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि आफ्नो तर्फबाट जवाफी फायरिङ गरेर दुई व्यक्तिलाई गिरफ्तार गरिएको दावी प्रहरीले गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले दावी गरेका छन् । उनले भने– ‘प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति र हताहती केही भएको छैन ।’

जवाफी फायरिङपछि भाग्ने क्रममा नेकपाका दुई कार्यकर्तालाई गिरफ्तार गरेर प्रहरी टोली फर्किएको प्रहरी उपरीक्षक खड्काले बताए । उनका अनुसार गिरफ्तार गरिएका व्यक्तिको पहिचान खुलाइएको छैन । काफलडाँडाको स्थिति मङ्गलबार रातिदेखि नै सामान्य रहेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए । उनले भने– ‘सो स्थानमा केही दिनदेखि गतिविधि बढेको पाइएपछि सुराकीका आधारमा महाशाखाबाट प्रहरी टोली गएर दुई जनालाई गिरफ्तार गरी फर्किएको हो, अहिले त्यहाँको स्थिति सामान्य छ ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर