newskoseli.Com

फेरि समातिए विप्लव नेकपा चार नेता

फाइल तस्बिर

सरकारले ‘अराजनीतिक समूह’ भन्दै ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरका चार नेताहरु बुधबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार कपिलवस्तुबाट पक्राउ हुनेमा बाणगङ्गा नगरपालिकाका श्यमदास पासी र राजमङ्गल थारू तथा शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपाने रहेका छन् ।

पक्राउ नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । मंगलबार राति समेत प्रहरीले गोली नै चलाएर काभ्रेपलाञ्चोकबाट उक्त पार्टीका दुई जना जिल्लास्तरीय नेताहरुलाई पक्राउ गरेको थियो ।

पछिल्लो समयमा प्रहरीले छापा हान्ने र पक्राउ गर्ने क्रम तीव्र बनाएसँगै विप्लव नेकपाका बाहिर चिनिएका सबै नेता खुला रुपमा देखिन छाडेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर