newskoseli.Com

विप्लव नेकपामा लागेको ‘आशंका’ मा ४ नागरिक पक्राउ, कार्यकक्षबाटै पत्रकार गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध रहेको ‘आशङ्का’ मा चार जना पक्राउ परेका छन् ।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– ४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले ‘आपराधिक र विध्वंशकारी समूह’ घोषणा गरी ‘कारबाही’ गर्ने निर्णय गरेसँगै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

यसअघि दुई दिनअघि काभ्रेपलाञ्चाकेबाट दुई जना, काठमाडौंबाट दुई जना र बिहीबार मात्रै पनि कपिलवस्तुबाट ४ जना पक्राउ परिसकेका छन् । त्यसैगरी, विप्लव नेकपासम्बद्ध रहेको भन्दै कालिकोटबाट एक पत्रकार कर्ण विकलाई रेडियो स्टेसनस्थित कार्यकक्षबाटै गिरफ्तार गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर