newskoseli.Com

विप्लव नेकपालाई प्रधानमन्त्रीको फेरि ‘चेतावनी’ : संवैधानिक दायरामा आउन आग्रह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्न’ प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ‘चेतावनी’ दिएका छन् ।

सो पार्टीलाई आफूले ‘आपराधिक गतिविधि नगर्न’ आग्रह गर्दा विरोध गरिनु ‘आश्चर्यको विषय’ भएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । सीके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि उनले दावी गरे ।

शुक्रबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले विप्लवलाई ‘चेतावनी’ दोहोर्‍याएका हुन् । पत्रकारले सोधेका प्रश्नको जवाफमा लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी उनले दिए । प्रधानमन्त्री ओलीले भने– ‘लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थानलाई स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिनेछ ।’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले ‘आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले’ अब केही दिनमै तल्लो तहसम्म पनि ‘आकस्मिक रुपमै’ एकीकरण हुने जानकारी दिनुभयो । बुटवल मेडिकल कलेज र बुटवल–नारायणगढ चार लेन सडक उदघाटन गर्न उनी रुपन्देही आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर