newskoseli.Com

वकिलहरुको चुनाबी रन्को : श्रेष्ठ र पोखरेल पक्षबीच रस्साकस्सी

नेपाल बार एशोसिएसनको चुनाबी रन्कोले वकिलहरु रन्थनिन थालेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्याशीद्वय चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेल पक्ष आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मैदाानमा उत्रिएको छ ।

प्रगतिशील खेमाबाट चण्डेश्वर श्रेष्ठको नेतृत्वमा र लोकतान्त्रिक खेमाबाट सुनिल पोखरेलको नेतृत्वमा दुई खेमा चुनावी मैदानमा उत्रिएका छन् । चैत १६ मा हुने बारको २५औं केन्द्रीय कार्यसमितिको निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि आफ्नो समूह प्रतिबद्ध रहेको दावी गरे ।

विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितसँगै स्वतन्त्र न्यायपालिका बनाउन बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने धारणा श्रेष्ठले राखे । कानुन व्यवसायीको मर्यादालाई उच्च राख्न सरकारसँग पहल गर्ने पनि उनले बताए ।

अध्यक्षका अर्का प्रत्याशी सुनिल पोखरेलले आफ्नो समूह नेतृत्वकेन्द्रित नभएर नीतिकेन्द्रित भएको दावी गरे । न्यायपालिकामा रहेका विकृति सुधार्नु नै आफ्नो प्रमुख लक्ष्य भएको दावी गर्दै आफूले देशभरिका कानुन व्यवसायीको हकहित संरक्षण गर्ने उनले बताए ।

बारको २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ । देशभरका १० हजार ३ सय १३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर