newskoseli.Com

विप्लव नेकपाका शीर्ष नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्राउ

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्राउ परेका छन् ।

केन्द्रबाटै खटिएको प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शनिबार बिहानै काभ्रेपलाञ्चोकबाट नेता ओलीसहित आठ कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्ने कार्यकर्ताहरुमा वेद घिमिरे, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का, सन्जीव कार्की र विजय श्रेष्ठ रहेको जानकारी प्रहरीले दिएको छ ।

वलीका सहयोगीसहित ४ कार्यकर्ता चैत ४ मा पक्राउ परेका थिए । उनीहरुको सूचनाकै आधारमा नेता वलीसहितका कार्यकर्तालाई पक्राउ गरिएको दावी प्रहरी स्रोतले गरेको छ । विप्लव नेतृत्वको नेकपामाथि सरकारले ‘प्रतिबन्ध’ लगाएपछि हालसम्म पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता वली नै हुन् । उनैको नेतृत्वमा रहेको मध्यकमान्डबाट नै हालसम्म विप्लवका सबैभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर