newskoseli.Com

गणेशमानपुत्रको गुनासो : पार्टी विधिसम्मत तरिकाले चलेन

वर्तमान नेतृत्वले आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई विधिसम्मत तरिकाले चलाउन नसकेको गुनासो गर्दै सो पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रकाशमान सिंहले पार्टीलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।

आइतबार झापाको विर्तामोडमा कार्यकर्ता भेटघाटका क्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले काङ्ग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था र समानुपातिक सिटमा एकै व्यक्तिलाई आरक्षण दिइरहने प्रवृत्तिको अनिवार्यतः अन्त्य हुनुपर्ने बताए । नेपाली कांग्रेसका ऐतिहासिक दिवंगत नेता गणेशमान सिंहका पुत्र समेत रहेका प्रकाशमानले गत प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन यता नेतृत्वको निरन्तर रुपले खरो आलोचना गर्दै आइरहेका छन् ।

काङ्ग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले राष्ट्र विखण्डनको मुद्दा बोक्ने सीके राउतसँग विवादास्पद सम्झौता र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर सरकारले देश विखण्डनतर्फ लैजान लागेको आरोप लगाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर