newskoseli.Com

विप्लव नेकपाका अर्का नेता समातिए : ब्युरो संयोजक श्रेष्ठ पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम जारी नै रहेका बेला फेर अर्का नेता समातिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ आइतबार राति पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले पूर्वी नेपालबाट पक्राउ गरेको हो । राजधानमा चलिरहेको ‘रेडियो मिर्मिरे’ का पूर्वअध्यक्ष तथा तत्कालीन नेकपा (माओवादी) का आरबीएम (क्षेत्रीय ब्युरो सदस्य) रहिसकेका श्रेष्ठलाई सोमबार प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यसका गतिविधिमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएसँगै सुरक्षा संयन्त्रले त्यस पार्टीका नेता–कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ । यसअघि शनिबार बिहान सबेरै प्रहरीले काभ्रेपलाञ्चोकबाट नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वमै चौथो वरियतामा रहेका नेता तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित ९ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले आइतबार नै  ललितपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गराएर उनीहरुमाथि ‘राज्यविरुद्धको संगठित अपराध’ मुद्धा चलाउने प्रक्रिया अघि बढाइसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर