newskoseli.Com

प्रचण्ड बिहीबार अमेरिकाबाट सपरिवार फर्कंदै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार अमेरिकाबाट स्वदेश फर्कने भएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि चैत ३ मा अमेरिका प्रस्थान गरेका अध्यक्ष प्रचण्ड चैत १४ मा स्वदेश फर्केने भएका हुन् । पार्किन्सन्स रोगले पीडित पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका गएका हुन् ।

अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा प्रचण्डपत्नी सीताको उपचार भइरहेको छ । उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएकाले पत्नीसहित अध्यक्ष प्रचण्ड बिहीबार स्वदेश फर्कन लागेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रचण्ड दम्पतीका साथ छोरी गंगा र ज्वाइँ जीवन आचार्य समेत अमेरिकामै छन् । उपचारमा लामो समय लाग्ने देखिए छोरी–ज्वाइँको जिम्मामा पत्नीलाई छाडेर आफू फर्कने योजना प्रचण्डले बनाए पनि स्वास्थ्यमा राम्रो सुधार देखिएकाले सबैजना सँगै फर्कने भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर