newskoseli.Com

खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर ४ जनाको मृत्यु

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ ।

खाजा बनाउँदै गर्दा एक्कासि सिलिन्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले सिलिन्डर पडकिँदा मानवीय क्षति भएको खबर प्राप्त भएको जानकारी दिए । ‘मृतकको सङ्ख्या यकिन हुन सकेको छैन, आयोजनास्थल विकट क्षेत्रमा भएकाले फोन सम्पर्क हुन सकिरहेको छैन’– उनले भने । २०६९ मा निर्माण सुरु भएको २२ दशमलव २ मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको कसजुले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर