newskoseli.Com

विप्लवले घोषणा गरे नेपाल बन्दसहितका चरणबद्ध आन्दोलन : ‘प्रतिबन्ध’ नहटाए सरकारलाई नै ‘प्रतिबन्ध’ !

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

फागुन २८ मा सरकारद्वारा सो पार्टीमाथि लगाइएको ‘प्रतिबन्ध’ चैतभित्रै नहटाइए र आफ्नो पार्टीलाई शान्तिपूर्ण कार्यक्रम गर्न नदिइए केपी ओली सरकारका कार्यक्रमहरुमाथि नै ‘प्रतिबन्ध’ लगाइने र ‘आमहडताल’ को तयारी गरिने चेतावनी सो पार्टीले दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सोमबार अबेर विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता रिहाइको माग गर्दै र ‘प्रतिबन्ध’ हटाउन चेतावनी दिँदै चैत १३ देखि २४ सम्मको चरणबद्ध आन्दोलन घोषणा गरेका हुन् । घोषित कार्यक्रम अनुसार १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्दका कार्यक्रम रहेका छन् । हाल जारी एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर बन्दको आह्वान शनिबार गरिएको महासचिव विप्लवले जनाएका छन् ।

त्यसैगरी, १९ गते देशभर अन्तर्क्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झन्डा प्रदर्शन तथा २४ गते देशभर जनप्रदर्शन गर्ने विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको अन्त्यमा महासचिव विप्लवले लेखेका छन्– ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी ।’

यस्तो छ विप्लवको विज्ञप्ति–

यो पनि हेर्नोस् : के चाहन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? (भिडियो)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर