newskoseli.Com

मंगलबार कहाँ कति वर्षा भयो ? बुधबार केही ठाउँमा वर्षा हुने, धेरैतिर मौसम सुध्रने

पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा मंगलबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट मंगलबार बिहानदेखि सुरु भएको वर्षा देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार यो क्रम मंगलबार रातिसम्म कायम रहनेछ । बुधबारदेखि मौसम खुला हुने बताइएको छ ।

बुधबार पूर्वी पहाडी भेगमा मौसम केही प्रभावित हुने र अन्य भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार मंगलबार काठमाडौं उपत्यकामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । पोखरामा १३.९ मिलिमिटर, नेपालगञ्जमा १७.७ मिलिमिटर र विराटनगरमा १६.६ मिलिमिटर वर्षा भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर