newskoseli.Com

नेकपाका मोरङ जिल्ला इन्चार्ज श्रेष्ठ गिरफ्तार, झन्डै एक सय नेता–कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ लाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।

मोरङको सुन्दरहरैचाबाट प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका र शान्ति प्रक्रियाको दशकभर पत्रकारिता गरेर केही अघि मात्र फेरि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न गएका श्रेष्ठ माओवादीको युवापंक्तिभित्र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । शान्ति प्रक्रिया अघि बढेसँगै काठमाडौं आएका प्रज्वलले केही समय रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रममा आबद्ध भएर समेत काम गरेका थिए ।

राजधानीस्थित ‘रेडियो मिर्मिरे’ का पूर्वअध्यक्ष समेत रहेका प्रज्वल ‘रेडियो मिर्मिरे’ को स्थापनाकालदेखि नै त्यसमा निरन्तर कार्यरत थिए । दुई दिनअघि मात्रै प्रहरीले ‘रेडियो मिर्मिरे’ कै अर्का पूर्वअध्यक्ष एवं विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई पनि पक्राउ गरेको थियो ।

फागुन २८ मा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि ‘प्रतिबन्ध’ लगाए यता नेकपाका झन्डै एक सय संख्यामा विभिन्न तहका नेता–कार्यकर्ताहरु पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सो पार्टीका मध्य केन्द्रीय कमान्ड इन्चार्ज एवं स्थायी समितिका सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ तथा त्यसभन्दा अघि पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई पक्राउ गरेको थियो । हालसम्म पक्राउ परेकाहरूमध्ये सबैभन्दा उच्चस्तरका नेता ओली नै हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर