नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘लोकतन्त्र कर्मकाण्डी जस्तो भएको’ बताएका छन् ।
बुधबार धनगढीमा आयोजित खुला अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउन नयाँ शक्ति पार्टी लागेको बताए । दुईतिहाइ बहुमतको अहिलेको ‘कम्युनिस्ट’ सरकारले सुशासन र विकास दिन नसकेको र जताततै भ्रष्टाचार मौलाएको आरोप लगाउँदै उनले भने– ‘यस्तो अवस्थामा सरकारलाई खबरदारी गर्नु जरुरी छ ।’
सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज कृष्णकुमार चौधरी लगायतले पनि कार्यक्रममा सम्बोधन गरे । देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिकाका विषयमा नयाँ शक्ति पार्टी नेपालले जनसंवाद यात्रा, २०७५ का क्रममा खुला अन्तरसंवाद कार्यक्रम गरिरहेको खबर राससले प्रेषित गरेको छ ।