newskoseli.Com

विप्लवका नेता हेमन्तप्रकाशलाई अदालत हाजिर गराउन सर्वोच्चको आदेश

सरकारले केही दिनअघि पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार नेता वलीलाई बन्दी बनाउनुको लिखित जवाफसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट हुँदा एक जनाको ज्यान समेत गएको घटनाको जिम्मा लिएको आरोपमा प्रहरीले नेता वलीलाई पक्राउ गरेको थियो ।

प्रहरीले नेता वलीलाई विनाकारण पक्राउ गरेको उल्लेख गर्दै उनकी छोरी विपना वलीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गरेकी थिइन् । सोही निवेदनमाथि कारबाही गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो । वलीलाई चैत ९ मा काभ्रेको खानीखोला– ७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर