१५ दिनअघि हराएका सप्तरीका ११ वर्षीय एक बालकलाई प्रहरीले आइतबार भारतको दरभङ्गाबाट उद्धार गरेको छ ।
जिल्लाको राजगढ गाउँपालिका– ६ का रामअवतार खङ्गका ११ वर्षीय छोरा राजुकुमारलाई जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य वैद्यनाथ झाको अगुवाइमा १५ दिनपछि उद्धार सप्तरी ल्याइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए ।
राजुकुमार चैत १ देखि भारतमा बेपत्ता भएका थिए । दिदीको घर जान भन्दै घरबाट हिँडेका बालक साँझसम्म घर नआउँदा उनको परिवारका सदस्यहरुले खोजतलास गरेका थिए । छोरो घरबाटै बेपत्ता भएको भनी राजुकुमारका बुबाले प्रहरीलाई जानकारी गराएको आधारमा उनलाई खोजी गर्दा भारतमा फेला परेपछि उद्धार गरिएको हो । राजुकुमारलाई आइतबारै उनको परिवारलाई जिम्मा लगाइएको खबर राससले प्रेषित गरेको छ ।