newskoseli.Com

मध्य रातमा कसले चलायो गोली ? १ को मृत्यु, ३ पक्राउ…

कपिलवस्तुको कृष्णनगर नगरपालिका– १०, विद्यानगरमा आइतबार राति गोली प्रहारबाट एकको हत्या गरिएको छ ।

अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिएका छन् । छातीमा गोली लागेर गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर लगी गोली हानेर भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा जाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्र रुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताए ।

हत्या गरिएका पुरी युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर