newskoseli.Com

हुरीले आगो उडाएर फर्निचर र पसल सल्कायो : ग्यास सिलिन्डर पड्कँदा ४ घाइते, ३ पसल र १ घर जले

हरिपुर नगरपालिका– ९, पिडारी बजारमा सोमबार बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिन्डर पडकँदा चार जना घाइते भएका छन् ।

बिहानैदेखि चलेको हावा–हुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएका छन् । बजारमा फोहोर नष्ट गर्न बालिएको आगो हावा–हुरीले छेउमै रहेको खुश्बु फर्निचर उद्योगमा पुग्दा आगलागी हुन पुगेको थियो । फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिन्डर पडकिएर चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिलिन्डर पडकिँदा हरिपुर नगरपालिका– ९, पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका– १, पिपरियाका १९ वर्षीय भरत पण्डितको दाहिने खुट्टा जलेको छ । सिलिन्डरबाट उछिट्टिएका टुक्राले लागेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँचिएको छ । घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

आगलगीमा परी फर्निचर उद्योग, चन्देश्वर र शत्रुघन साहको मासु पसल र रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । बजारमै रहेको साना किसान सहकारी संस्थाको घरमा पनि क्षति पुगेको स्थानीय कामेश्वर सिंहले जनाकारी दिए । स्थानीय, बारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर