newskoseli.Com

पार्टीपंक्ति र कार्यकर्तालाई विप्लवको निर्देशन : ‘हुरीबतास पीडितको उद्धारमा लाग्नोस्’

आइतबारको भीषण हावाहुरीबाट बारा–पर्सामा पुगेको धनजनको क्षतिप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुःख व्यक्त गरेको छ ।

नेकपाका महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै बारा–पर्सामा हुरीबतासले पुरयाएको धनजनको क्षतिले सिङ्गो पार्टी पंक्तिलाई निकै दुःखी बनाएको बताएका छन् । महासचिव विप्लवले घटनास्थलमा पुगी उद्धारमा लाग्न आफ्नो सम्बन्धित पार्टीपंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

विज्ञप्तिमा विप्लवले लेखेका छन्– ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

यो घडीमा मृतकका परिवारलाई राहत र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापन गर्न महासचिव विप्लवले सरकारसँग माग गरेका छन् ।

यस्तो छ विप्लवको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर