newskoseli.Com

एटीएम फुटाउने २ जना र अवैध सुनसहितका चिनिया पक्राउ

एटीएम फुटाउने पक्राउ

इन्भेस्टमेन्ट बैंकको एटीएम फुटाउन खोज्ने दुई जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले पक्राउ गरेको छ । इन्भेस्टमेन्ट बैंकको काठमाडौं महानगरपालिका– ९, ल्होत्से चोकस्थित एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा वृत्तको टोलीले उदयपुरका अशोक पुरी र काभ्रेपलाञ्चोकका सोनाम गुरुङलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकासँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनसहित चिनियाँ पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चीनको स्ट्रङ्गको उडानबाट कुनमिङबाट काठमाडौं आउँदै गरेका चिनियाँ नागरिक वाङ किजिकाङलाई महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शनिबार साँझ पक्राउ गरेको हो ।

अवैध रुपमा सुनको लकेट बोकेर आएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले दिए । पक्राउ परेका किजिकाङसँग प्रहरीले १ सय ३९ ग्राम सुन बरामद गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर