
सोमबार राति राजधानीको बालाजु चोककै छेउमा रोकिराखिएको बा ४ ख ३०८५ नम्बरको बसमा आगजनी गरेर खरानी पारिएको छ ।
आगजनीबाट जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको सो बसमा कसले र कुन प्रयोजनका लागि आगजनी गरेको हो भन्ने अझैसम्म खुल्न सकेको छैन । आगजनीको खबरलगत्तै आगो निभाउन दमकल र प्रहरी पुगे । तर, त्यस बेलासम्म बस पूर्णरुपमा क्षतिग्रस्त भैसकेको थियो ।
आगजनीमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ । मंगलबार अबेरसम्म पनि बसमा गरिएको सो आगजनीको जिम्मेवारी कसैले लिएको छैन ।