newskoseli.Com

बोराभित्र युवतीको शव लिएर हिँडेका दुई जना पक्राउ

बोरामा युवतीको शव लिएर हिँडेका दुई जनालाई शव हालिएको बोरासहित मंगलबार बिहान प्रहरीले भरतपुर महानगरपालिका– २, क्षेत्रपुर, चितवनबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जुटको बोराभित्र युवतीको शवसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भारतको मोतीहारी घर भई भरतपुर– २, क्षेत्रपुर बस्ने ४० वर्षिया रम्बादेवी साह र उनका २६ वर्षिय भाइ विगन साह पक्राउ परेका हुन् ।

१७ वर्षिया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि उनीहरुले नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । बहिनीले सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि नदीतर्फ लैजाँदै गरेको बयान पक्राउ परेकाहरुले दिएका छन् ।

शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक तथा पक्राउ परेकाहरुको परिवारले नारायणगढमा फलफूल बिक्री गर्दै आइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर