newskoseli.Com

नागरिकता फिर्ता गर्दै तेस्रोलिंगीहरु ! सरोकारवालाहरूलाई ‘दृष्टिकोण सच्याउन’ चेतावनी

आफूहरुले यसअघि प्राप्त गरेको ‘तेस्रो लिङ्गी’ पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको प्रदेश– ३ का लैङ्गिक अल्पसंख्यक तेस्रो लिङ्गीले जनाएका छन् ।

पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै नागरिकता नै फिर्ता गर्नुपर्ने बाध्यता आइपरेको जिकिर तेस्रो लिङ्गीहरुले गरेका छन् । ‘निलहीरा समाज’ नामक तेस्रो लिङ्गीको संस्थाले मङ्गलबार हेटौंडामा आयोजना गरेको प्रदेश– ३ स्तरीय विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँगको अन्तक्र्रिया कार्यक्रममा लैङ्गिक अल्पसंख्यक तेस्रोलिङ्गी आन्दोलनका अगुवाहरुले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै समाजकी केन्द्रीय अध्यक्ष पिङ्की गुरुङले यसअघि देशभरका दुई सय तेस्रोलिङ्गीले ‘अन्य लिङ्ग’ उल्लेख गरेर नागरिकतामा लिए तापनि हालका दिनहरुमा भने नागरिकताको प्रmित्रया झन् असहज हुँदै गएको बताइन् । सङ्घीय संसदले नागरिकतामा तेस्रोलिङ्गी पहिचान उल्लेख गर्नका निम्ति निर्धारण गर्न लागेको केही शर्तहरु लैङ्गिक अल्पसंख्यकको सवालमा साँघुरो सोचाइको उपज भएको आरोप उनले लगाइन् ।

फौजदारी तथा देवानी संहिताले पनि तेस्रो लिङ्गीको अधिकारलाई खुम्च्याएको उनले उल्लेख गरिन् । नागरिकतामा पहिचान उल्लेखका निम्ति व्यक्तिले लिङ्ग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले नै तेस्रोलिङ्गी भएको प्रमाणित गर्नुपर्ने लगायतका शर्तहरु राखेर संसदले नागरिकता विधेयक ल्याउन लागेकोमा उनले आपत्ति जनाइन् ।

तेस्रोलिङ्गीको हकहितमा क्रियाशील ‘फ्रेन्ड्स हेटौंडा’ नामक संस्थाकी प्रमुख डियर किरणले तेस्रोलिङ्गी हुनु रोग नभएर महिला–पुरुष भनेजस्तै छुट्टै लैङ्गिकता जनाउने भाव भएकाले समाज तथा सरोकारवाला सरकारी अधिकारीहरूले तेस्रोलिङ्गीलाई हेर्ने आ–आफ्नो दृष्टिकोण र सोच सच्याउनुपर्ने उल्लेख गरिन् । ‘सुरज थापा’ बाट ‘डियर किरण’ बनेकी उनले तेस्रोलिङ्गी पनि महिला र पुरुष जत्तिकै समाज र देशलाई योगदान दिन सक्ने नागरिक भएको बताइन् ।

जन्मँदा छोरा भएर जन्मिएकी हेटौंडाकी अजिता भुजेलले तेस्रोलिङ्गी भएकै कारण आफूलाई घरबाट निकालिएको र सडकमा समेत दुःख पाएको बताइन् । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले लैङ्गिक अल्पसंख्यकहरूको हकहितका पक्षमा आफू सकारात्मक रहेको उल्लेख गर्दै आर्थिक सशक्तीकरणका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गरिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर