newskoseli.Com

नागरिकता वितरणमा खुकुलो बन्यो सरकार : गृहले जारी गर्‍यो यस्तो परिपत्र…

जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानलाई आवश्यक कार्यविधि प्रक्रिया अपनाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले ७७ जिल्ला प्रशासनमा परिपत्र जारी गरेको छ ।

मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णयका आधारमा सबै जिल्ला प्रशासन कार्यालयका नाममा परिपत्र जारी गरेको हो । लामो समयदेखि संसदीय समितिमा नागरिकतासम्बन्धी विधेयक विचाराधीन रहे पनि नागरिकता पाउने उमेर भइसकेका नागरिकहरू नागरिकताबाट विमुख भएको भन्दै प्रशासनिक निर्णयबाट मन्त्रालयले सो समस्या फुकाउने काम गरेको दावी गरिएको छ ।

विशेषतः प्रदेश– २ सरकारले संघीय सरकारलाई यस विषयमा पटक–पटक दबाव दिँदै आएको थियो । उमेर पुगिसकेका नागरिकहरू नागरिकताबाट वञ्चित हुँदा शैक्षिक तथा अन्य वृत्ति विकासमा समेतमा समस्या परेको भन्दै प्रशासनिक निर्णय गरिएको गृह मन्त्रालयको दावी छ ।

‘नेपालको संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा नेपाल नागरिकता ऐन, २०६३, नेपाल नागरिकता नियमावली, २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनुपर्ने कार्यविधि प्रक्रिया अपनाई जे–जो बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने भनी यस मन्त्रालयबाट मिति २०७५–१२–१९ मा निर्णय भएकाले निर्णयानुसार गर्नुहुन अनुरोध गर्दछु’ मन्त्रालयका तर्फबाट उपसचिव गंगाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख छ ।

संघीय संसदको दोस्रो अधिवेशनको सुरुमा नै नागरिकता विधेयक दर्ता भएको हो । तर, सात महिनादेखि सो विधेयक दफावार छलफलकै क्रममा छ । विधेयकका प्रावधानहरुमा विवाद भएकाले त्यसको समाधानका निम्ति भन्दै राजनीतिक सहमति समेत खोज्ने गरी हालै मात्र उपसमिति गठन भएको छ । नागरिकता विधेयकमा मुख्यतः अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था र नागरिकता कसुरमा हुने सजायबारे तीव्र विवाद चलिरहेको छ ।

यस्तो छ गृहले जारी गरेको परिपत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर