बारा–पर्सामा आइतबारको हुरीबतासले पुर्याएको क्षतिबाट पीडितहरुको सहयोगार्थ पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।
२ नम्बर प्रदेश सरकारमाफृत उपलबव्ध गराइएको सो सहयोग डा. भट्टराईले बिहीबार उक्त प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरे । मुख्यमन्त्री प्रदेश बाहिर रहेकाले दोस्रो वरिष्ठ मन्त्रीमार्फत सहयोग उपलब्ध गराइएको डा. भट्टराईले प्रष्ट्याएका छन् ।
बारा र पर्सामा गरी २९ जनाको निधन भएको सो घटनाका पीडितहरुका निम्ति उक्त रकम ‘मुख्यमन्त्री राहत कोष’ मा जम्मा गरिने मन्त्री सोनलले जानकारी दिएका छन् ।
उक्त सहयोग हस्तान्तरणपछि डा. बाबुरामले यस्तो ‘ट्विट’ लेखेका छन्–
बारा-पर्साका हावहुण्डरी पीडितहरूको सहयोगार्थ नयाँ शक्ति पार्टीका तर्फबाट २ नं प्रदेश मुख्यमन्त्री राहतकोषमा रू.पाँच लाख प्रदेशका बरिष्ठ मन्त्री श्री जीतेन्द्र सोनललाई (मुख्यमन्त्री प्रदेशबाहिर रहनु भएकाले)हस्तान्तरण! पीडिहरूलाई औपचारिक संयन्त्र मार्फतै व्यवस्थित सहयोग गर्न आग्रह! pic.twitter.com/FvnQwUsK7o
— Baburam Bhattarai (@brb1954) April 4, 2019