newskoseli.Com

विप्लवका वरिष्ठ नेता हेमन्तप्रकाशसहितलाई सर्वोच्च अदालत ल्याइँदै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई आइतबार सर्वोच्च अदालतमा हाजिर गराइने भएको छ ।

चैत ७ गते बिहानै ललितपुर र काभ्रेपलाञ्चोकको सीमानामा प्रहरीले पक्राउ गरी ललितपुरको जाउलाखेलस्थित महानगरीय प्रहरी परिसरमा राखिएको छ । नेता ओलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनकी छोरी विपना ओलीले चैत १४ मा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाई गर्दै चैत १५ मा सर्वोच्चले उनलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

केही प्राविधिक समस्याका कारण नेता ओलीलाई आइतबार (२४ चैत) मा सर्वोच्च अदालतमा उपस्थित गराइने भएको हो । नेता ओलीमाथि ललितपुर जिल्ला अदालतले १५ दिन म्याद थप गरी ‘राज्यविरुद्धको अपराध’, ‘हातहतियार तथा विष्फोटक पदार्थसम्बन्धी अपराध’, ‘संगठित अपराध’ र ‘कर्तव्य ज्यान मुद्धा’ चलाएको छ ।

नेता ओलीसहित आइतबारै पोलिटब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’, शंकर अधिकारी, प्रकाश कठायत, रविन केसी, रामकृष्ण खतिवडा, धर्मराज राजबाहक, राजकुमार केसी, रमेश खड्का, देवराज घिमिरे, मदनप्रसाद चापाईंलगायत नेपाल कम्युनिस्ट पार्टीका झन्डै एक दर्जन अरु नेता–कार्यकर्तालाई समेत सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।

नेता ओलीलगायतका राजबन्दीहरुको मुद्धामा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिल पोखरेललगायत दर्जनभन्दा बढी वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले बहस गर्दैछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर