
गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आइतबार दुई जना मृत फेला परेका छन् ।
पोखरा महानरपालिका– ३१, बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४, ताक्लिङमा ३५ वर्षीय अर्का एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको खबर राससले प्रेषित गरेको छ ।