newskoseli.Com

कोइरालाको दुःखेसो : ‘बीपी, गणेशमान, किसुनजी र गिरिजा बिर्संदा पार्टीको दुर्गति’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको मूल नेतृत्वकर्ता नै गुट–उपगुटमा लाग्दा र बीपी, गणेशमान, किसुनजी र गिरिजा बिर्संदा पार्टीको दुर्गति हुनुका साथै केन्द्रदेखि जिल्लास्तरसम्मै पार्टी कमजोर बन्न पुगेको दुःखेसाे पाेखेका छन् ।

चरम गुटबन्दीले कांग्रेसको भविष्य संकटमा परेको भन्दैै उनले चिन्ता समेत व्यक्त गरेका छन् । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जीपी फाउन्डेसन) को नयाँ कार्यालय स्थापनाको अवसरमा बोल्दै नेता कोइरालाले राष्ट्र र स्वयं कांग्रेसको भविष्यका निम्ति पार्टीमा गुटबन्दीको अन्त्य जरुरी रहेको बताए ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो बिर्सनुले नै पार्टी दुर्गति भएको उनको ठहर छ । अहिलेकै अवस्था विद्यमान रहे आगामी दिनमा कांग्रेस र देश दुवैको भविष्य संकटमा पर्ने ठोकुवा समेत नेता कोइरालाले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर