नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाका सचिव रघुवीर जोशी पक्राउ परेका छन् ।
४१ वर्षीय जोशीलाई सोही नगरपालिका– ९, मटैनास्थित ५ नम्बर नेपाल–भारत सीमा स्तम्भ नजिकबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताएका छन् । पक्राउ परेका जोशीमाथि अनुसन्धान भइरहेको उनले बताएका छन् । जोशी भीमदत्त नगरपालिका– ९ रिङौनाका बासिन्दा भएको खबर राससले प्रेषित गरेको छ ।