newskoseli.Com

मंगलबारै २ पटक भूकम्प !

दोलखामा मंगलबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ ।

दोलखाको चाँखुलाई केन्द्रविन्दु बनाएर दिउँसो करिब १ः०५ बजे ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो २० दिनमा नेपालमा यस्तै साना ४ वटा भूकम्प गएका छन् ।

मंगलबारै बिहान पनि ८ः३७ मा पनि बैतडी, दार्चुला र बझाङमा भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर