newskoseli.Com

छानाबाट खसेको टायलले लागी रामअवतारको मृत्यु

फाइल तस्बिर

आफ्नै घरको छानाबाट खसेको टायलले लागेर सिरहामा एक नागरिकको निधन भएको छ । घरको छानाबाट खसेको टायलले लागी गोलबजार नगरपालिका– ११, बलकावाका ५२ वर्षीय रामअवतार सदाको निधन भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेका बेला मंगलबार अपराह्न छानाबाट एक्कासि खसेको टायलले टाउकामा लाग्दा गम्भीर घाइते भएका सदाको उपचारका क्रममा बुधबार बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर नविन घिमिरेले जानकारी दिएका हुन् ।

स्थानीय गोलबजारमा उपचार हुन नसकेपछि विराटनगरस्थित स्वास्थ्य संस्थामा उपचारको प्रयास हुँदाहुँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर