newskoseli.Com

सहोदर चार दाजुभाइ, सबैजना चोरैचोर !

उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुलीको दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।

उनीहरुसँगै चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् । उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् ।

एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको पाइएको परिसरका प्रवक्ता डीएपी होविन्द्र बोगटीले बताए । उनले भने– ‘चोरी कार्यमा एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो, जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् र एक सेन्टर जेलमा छन्, एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् । उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’

अचम्म–अचम्मका घटना देख्न पाइने नेपाली समाजको अर्को यो अचम्मको घटनासम्बन्धी खबर टेकराज थामीको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर