newskoseli.Com

विप्लव नेकपाका नगरपालिका सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कञ्चनपुर कृष्णपुर नगरपालिका सेक्रेटरी पक्राउ परेका छन् ।

४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।‘

पक्राउ परेका भट्टको साथबाट संगठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताब समेत बरामद गरेका छौं’– उनले भने । कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसीबी आगजनीमा संलग्नता भए(नभएको बारे भट्टसँग सोधपुछको कार्य समेत शुरु गरिएको छ ।

भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर