newskoseli.Com

नयाँ वर्षसँगै एकाबिहानै फेरि भूकम्पको धक्का

नयाँ वर्षको सुरुआतसँगै सोमबार बिहान बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ ।

छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रविन्दु बनाएर स्थानीय समयानुसार बिहान ४ बजेर २७ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्पले कुनै मानवीय तथा भौतिक संरचनामा क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । नागरिकहरु सुतिरहेकै समयमा एक्कासि भूकम्प गएपछि स्थानीयवासी त्रसित भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर