newskoseli.Com

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

कामना, साधना, महानगर र नेपाल समाचारपत्रको प्रकाशन संस्था ‘कामना प्रकाशन समूह’ का अध्यक्ष एवं प्रधान सम्पादक रहेका वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।

उपचारका क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ः४९ मिनेटमा श्रेष्ठको निधन भएको जानकारी कामना प्रकाशन समूहमै कार्यरत पत्रकार ईश्वरराज ढकालले दिएका छन् । श्रेष्ठको पार्थिव शरीरलाई बुधबार दिउँसो साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिने र दिउँसो ३ दिने पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ ।

नाकमा समस्या देखिएपछि करिव ५ महिनाअघि राजधानीस्थित बयोधा अस्पतालमा नाकको र लगत्तै ब्लु क्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएका श्रेष्ठलाई त्यसयता अनेकौं स्वास्थ्य समस्या देखापर्दै आए । त्यसपछि नर्भिकमा उपचार सुरु हुनुअघि भारतको मेदान्त अस्पतालमा पनि उनको उपचार गरियो ।

करिव दुई महिना मेदान्तमा उपचार गराई फर्किएका वरिष्ठ पत्रकार श्रेष्ठको नर्भिक अस्पतालमा फिजोयोथेरापी सहित विभिन्न विधिबाट उपचार गरिँदै आए पनि अन्ततः बुधबार मध्याह्नअघि नै उनको निधन हुन भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर