newskoseli.Com

विप्लवको बन्द : अर्घाखाँची, पोखरा, रुपन्देही र पाल्पामा शक्तिशाली बम विस्फोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरका विभिन्न ठाउँमा शक्तिशालीदेखि सामान्यखाले बम फेला परेका छन् ।

कतै बम विष्फोट भएका खबर छन् भने कतै विष्फोटअघि नै सुरक्षाकर्मीले डिस्पोज गरेका खबर प्राप्त भैरहेका छन् । यसै क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका– ३, खस्यौलीमा शक्तिशाली बम पड्किएको समाचार छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ । बुधबार राति १ बजे नै भएको बम विस्फोटपछि अनुसन्धानका लागि प्रहरीको टोली त्यसतर्फ लागेको बताइएको छ ।

त्यसैगरी बिहान ३ बजेतिर रुपन्देहीको सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भएको खबर छ । देवदहको धकधैमा पनि बिहान ४स्३० बजेतिर ठूलो आवाजसहित बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

अर्घाखाँचीको चुत्राबेंशीमा पनि बम भेटिएको छ । सन्धिखर्क– २, चुत्रावेसीस्थित नयाँ पार्कमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले डिस्पोजको तयारी गरेको खबर छ ।

उता, पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लामा बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको बताइएको छ । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलीका सेना कालीभञ्जन गण, रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् ।

र, यो पनिः

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर