newskoseli.Com

२ केन्द्रीय नेतासहित फेरि समातिए विप्लवका ४ नेता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्यसहित चार नेता फेरि पक्राउ परेका छन् ।

केन्द्रीय सदस्यद्वय चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ तथा रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढा र सहिद परिवारका सदस्य लालबहादुर ओली ‘विश्व’ लाई वैशाख ६ गते दाङको तुलसीपुर नगरपालिका र रोल्पाबाट प्रहरीले पक्राउ गरेको छ । चूडामणि ओली ‘आदर्श’ जनयुद्धकालदेखिकै रोल्पाका पुराना नेता हुन् भने चन्द्रबहादुर खड्का ‘असल’ विप्लव नेतृत्वको नेकपाका जुझारु एवं लोकप्रिय युवानेताका रूपमा चिनिन्छन् । पक्राउ गरिएकाहरूलाई कहाँ राखिएको छ भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।

फागुनको अन्तिम सातादेखि विप्लव नेतृत्वको नेकपामाथि सरकारले ‘प्रतिबन्ध’ लगाएयता सो पार्टीमाथि सरकारले देशव्यापी रूपमा धरपकड र पक्राउको श्रृंखला नै चलाएको छ । यस क्रममा पक्राउ पर्नेमा लेखक, पत्रकार तथा सामान्य समर्थकहरू समेत रहेका छन् ।

‘प्रतिबन्ध’ को चौतर्फी विरोध भएको छ, यहाँसम्म कि सत्ताधारी पार्टीकै शीर्ष तहदेखि तल्लो तहसम्मका बहुमत नेता–कार्यकर्ता यसको विपक्षमा छन् । प्रतिबन्धको विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी), कम्युनिस्ट न्युक्लिअस, नेपाललगायतका पार्टी तथा समूह एवं सङ्गठनहरूले यथाशिघ्र राजनीतिक व्यवहार गर्न सरकारलाई चेतावनी दिँदै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर