newskoseli.Com

फेरि ३ दिन देशभर मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षा !

हालसम्म जस्तै फेरि अबको तीन दिन पनि देशैभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

सोमबार (वैशाख ९ गते) सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर