newskoseli.Com

नर्सको आत्महत्या ! अस्पतालको शौचालयमै झुन्डिएर मृत फेला

प्रदेश– २ को राजधानी राजधानी जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा कार्यरत एक नर्स झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

गौशाला नगरपालिका– ३, रामनगर, महोत्तरीकी २१ वर्षीया नर्स रक्षा आलेको शव अस्पिटलको शौचालयमा झुन्डिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ । मृतककी साथीका अनुसार उनले शनिबार राति १ बजे शौचालयभित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् ।

सो अस्पताल संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको स्वामित्वमा सञ्चालित हो । प्रहरीका अनुसार शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर