newskoseli.Com

विरहीको खण्डन : ‘वार्ताका लागि विप्लवलाई दबाब दिइएको छैन’ (विज्ञप्तिसहित)

आइतबारका सञ्चार माध्यमहरुमा आएको सरकारसँग वार्ताका निम्ति नेताहरुले विप्लवमाथि दबाव सिर्जना गरेको भन्ने आशयका समाचारहरु गलत र भ्रमपूर्ण रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताले खण्डन गरेका छन् ।

आफ्नो नाम जोडेर पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भनी केही सञ्चार माध्यमद्वारा प्रकाशित–प्रशारित समाचार नियोजित र भ्रामक रहेको भन्दै सो पार्टीका पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले खण्डन गरेका छन् । इन्चार्ज विरहीले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण र कपोलकल्पित हुनुका साथै फुटाऊ र राज गर भन्ने मनशायबाट निर्देशित छ ।’

विरहीले विज्ञप्तिमा अगाडि लेखेका छन्– ‘सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौं भन्ने कुरा पटक–पटक सार्वजनिक गर्दै आएका छौं तर अहिले वार्ताको न सन्दर्भ छ न त औचित्य नै । यस प्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु ।’

यस्तो छ नेता विरहीको विज्ञप्ति–

र, यो पनिः

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर