newskoseli.Com

हेमन्तप्रकाश ओलीसहित विप्लवका ६ नेता नख्खु कारागार चलान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ६ नेतालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

सरकारले नेकपामाथि ‘प्रतिबन्ध’ लगाएको केही दिनपछि अघिल्लो महिना प्रहरीले नेता ओलीसहितलाई काभ्रेपलाञ्चाेकबाट राजधानी छिर्ने क्रममा बाटैमा पक्राउ गरेको थियो । ललितपुरको नख्खुस्थित एनसेलका मुख्यालय अगाडि भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा सुदर्शनसहितका नेताहरूलाई अदालतले त्यस्तो आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशपछि ओलीसहित ६ नेतालाई नख्खु कारागार चलान गरिएको छ । ओलीसहित शिव धिमाल (शिव धमला), डिकेन्द्र राई (दयाङ), रामकृष्ण खतिवडा, ईश्वर परियार र वीरबहादुर कठायत (जुम्ली) जेल चलान गरिएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर