newskoseli.Com

एकाबिहानै भूकम्प : ‘वार्षिकी’ कै अघिल्लो दिन ‘डरलाग्दा’ २ धक्का !

वैशाख, १२, २०७२ को विनाशकारी भूकम्पको ‘वार्षिकी’ कै अघिल्लो दिन बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पका दुई धक्का महसुस गरिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । लगतै सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ६ बजेर ४० मिनेट जाँदा ४.३ म्यानिच्युडको फेरि अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको ४ वर्ष पुग्न एक दिन बाँकी हुँदा आज फेरि भूकम्प गएको हो । वैशाख १२ कै अघिल्लो दिन भूकम्प आउनु संयोग मात्रै भएको खानी विभागका महानिर्देशक तथा भूकम्पविद् डा. सोमनाथ सापकोटाले बताए । यो नयाँ भूकम्प नभई चार वर्षअघिकै भूकम्पको परकम्प मात्र भएको सापकोटाको भनाइ छ ।

ठूलो भूकम्प गएको वार्षिकी आउनै लाग्दा भूकम्पका दुई ठूला धक्का लगातार महसुस गरिएपछि फेरि ठूलै भूकम्प पो जाने हो कि भनेर सामाजिक सञ्चाल र समाजमा तीव्र चर्चा–परिचर्चा सुरू भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर