
महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध सहित १ जनालाइ पक्राउ गरेको छ ।
प्रहरीले कीर्तिपुर बस्ने बारा, पतरहुट्टा गाउँपालिका– २ का प्रिन्सकुमार सिहंलाई बिहीबार ११ बजे कलंकी चोकबाट पक्राउ गरेको हो । प्रहरीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ सय ५० ट्याबलेट लागूऔषध ‘नाइट्राभेट’ बरामद गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।