newskoseli.Com

गाउँपालिका प्रमुखद्वारा उपप्रमुखविरुद्ध गालीबेइज्जती मुद्धा !

पश्चिमी पर्सास्थित पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँच जनामाथि जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

सुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा २ करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई १ करोड ९ लाखमा पारेको विषयलाई लिएर उपप्रमुखसहितका सदस्यहरुले विरोध जनाउँदा प्रमुख रौनियारले अदालतमा सो मुद्दा दायर गरेका हुन् ।

प्रमुख रौनियारले उपप्रमुख महतो, ३ नम्बर वडा अध्यक्ष माधवप्रसाद राउत तथा सदस्यहरु विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेको जानकारी उपप्रमुख महतोले दिएकी छन् ।

यसबारे उपप्रमुख महतोसँग जिज्ञासा राख्दा बोलपत्र खुला रुपमा निकाल्नुपर्नेमा त्यसो नगरी कार्यकारी अधिकृत चौधरीले ७० लाख रुपैयाँको चलखेलमा कम रकममा आफ्नो मान्छेलाई पारेकाले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरुमाथि मुद्दा दायर गरेको उनले बताइन् । यस सम्बन्धमा बुझ्न प्रमुख रौनियारसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन नसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर