newskoseli.Com

‘सुरक्षा’ को माग गर्दै ‘जनप्रतिनिधि’ सदरमुकाममा

खप्तड छान्ना गाउँपालिका– ६ का ‘जनप्रतिनिधि’ सहित कर्मचारी ‘सुरक्षा’ को माग गर्दै सदरमुकाम आएका छन् । वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायतका जनप्रतिनिधि तथा कर्मचारी मंगलबार सदरमुकाम चैनपुर आएका हुन् ।

आइतबार गाउँपालिकाको आयोजनामा वडाअन्तर्गतका मावि र निमावि तहबीच पोषण र महिनावारी स्वच्छतासम्बन्धी वक्तृत्वकला कार्यक्रमको सुरुआत गरिरहेका बेला वडा कार्यालय नजिकै घर भएका डबलबहादुर खड्काले शिक्षक र ‘जनप्रतिनिधि’ लाई गालीगलौच तथा दुर्व्यवहार गरेपछि आफूहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका जानकारी वडाध्यक्ष खड्काले दिएका छन् ।

दुव्र्यवहार गर्ने खड्कासहित उनका छोराहरुले महिलालाई समेत गाली बेइज्जती गरेको हुँदा वडा कार्यालयमा आउन–जान समेत डर लाग्ने गरेको महिला ‘जनप्रतिनिधि’ कृष्णा थापाले बताइन् । पाटादेवलमा खड्का परिवारको बाहुल्यता रहेको र उनीहरुले जहिल्यै पनि धम्की दिँदै र झैझगडा गर्दै वडा कार्यालय आफ्नो मातहतमा चलाउनुपर्ने दबाब दिने गरेको ‘जनप्रतिनिधि’ हरुको गुनासो छ ।

‘जनप्रतिनिधि’ हरुले जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेल गर्दै खड्का परिवारबाट आफूमाथि धेरै अन्याय गरिए पनि सहेर बसेको बताए । दुर्व्यवहारको आरोप लागेका खड्काका छोरा त्रिभुवनले भने ‘जनप्रतिनिधि’ ले हातपात गरेकाले आफूहरुले प्रतिकार गरेको बताए । यस विषयमा सम्बन्धित सबैलाई बोलाएर छलफल गरिने सहायक प्रजिअ राम सार्कीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर