मटिहानी नगरपालिका– ७, महोत्तरीबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढीको मरिच बरामद गरेको छ ।
मटिहानी– ७, बस्ने महेशप्रसाद साहको पसलबाट २० लाख २५ हजार रुपैयाँ मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । साहको पसलमा १८ वटा बोरामा २५ किलोका दरले ४ सय ५० किलो मरिच लुकाइछिफाइ राखेको अवस्थामा बरामद गरिएको प्रनाउ खड्काले बताए ।
बरामद गरिएको मरिच भारत तस्करी गर्ने मनसायले राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको जिप्रकाले जनाए खबर राससले प्रेषित गरेको छ ।